अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलहरीमा कसैको नाम कुँदिएको छैन: पशुपति विकास कोष

जलहरीमा कसैको नाम कुँदिएको छैन: पशुपति विकास कोष


काठमाडौं-पशुपति विकास कोष र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीमा कसैको नाम नकुँदेको जनाएको छ।

जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि आयोगले उक्त जलहरीको नापजोख गर्ने काम सम्पन्न गरेसँगै नाम नकुँदिएको पनि प्रष्ट्याएको हो। अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो । 

२०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । कुँदिएका नामहरु मेटाएर मात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले राखेका थिए ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पार्नुभयो । उहाँले जलहरीमा कसैको नाम नभएको पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु असत्य हुन्, भ्रम फैलाइयो ।’ यता अख्तियारले पनि जलहरीमा कसैको नाम नभएको जनाएको छ। केही समयमा यसबारे सबै प्रक्रिया सकाएर औपचारिक वक्तव्यमार्फत जानकारी गराउने अख्तियारको तयारी छ।

Skip This