काठमाडौं-जननेता मदन भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा नेपाल उद्योग तथा व्यावसायी महासंघले बुढानिलकण्ठस्थित पबित्र सेवा समाज अनाथ आश्रममा खाद्यान्नसहित लत्ताकपडा र फलफूल वितरण गरेको छ।
महासंघका अध्यक्ष तथा नेकपा एमालेका सांसद एल.पी. साँवा नेतृत्वमा खाद्यान्न, लत्ताकपडा तथा फलफूल वितरण गरिएको हो। सो अवसरमा महासंघका पदाधिकारी, सदस्य साथै वस्तुगत संघका अध्यक्षहरु लगायत व्यावसायीहरुको उपस्थिति रहेको थियो।
महासंघका अध्यक्ष साँवाले मानवसेवामा २०औं वर्षदेखि अहोरात्र खट्नुहुने अनाथ आश्रमका संचालक दीक्षा चापागाईंको समाजसेवा कार्यले निरन्तरता पाउन र महासंघले पनि यथासक्य सहयोग गर्ने बताउनु भयो। साँवाले जननेता मदन भण्डारीले जनताको बीचमा गएर मात्र पार्टीलाई बलियो बनाउन सकिन्छ भन्ने गरेको स्मरण गर्दै उहाँको स्मृतिमा अनाथ आश्रममा मदन भण्डारीको सन्देश बोकेर आफूहरु आएको बताउनुभयो।
अनाथ आश्रमका संचालक दीक्षा चापागाईले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो। उक्त कार्यक्रम सम्पन्न गर्न महासंघ अन्तर्गतको वस्तुगत संगठनहरु प्रगतिशील वैदेशिक रोजगार ब्यबसायी मंच नेपाल, नेपाल राष्ट्रिय होटेल व्यवसायी संघ र प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको सहयोग रहेको थियो।











प्रतिक्रिया