झापा-राष्ट्रिय धान दिवशका दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न नेता र सांसदहरु खेतखेतमा देखिएका छन् । कतिपयले आफू अहिले पनि कृषि पेशामा रहेको बताएका छन् भने कतिपयले केही समयको अन्तरालमा खेतीमा पसेको जनाएका छन्।
अध्यक्ष ओलीले अन्नको भण्डारको रुपमा रहेको चितवनमा ट्रयाक्टर ड्राइभ गर्ने देखि धानका गाभा रोपेर आम किसानलाई उत्साह प्रदान गर्नुभयो। यता झापामा सांसद एलपी साँवाले कृषिका परम्परागत र आधुनिक दुवै प्रविधिको प्रयोग गरेर किसानलाई उत्साह प्रदान गर्नुभयो।
शिवसताक्षी नगरपालिकाले वडा-५ कटुवाल गाउँमा आयोजना गरेको धान दिवस कार्यक्रममा साँवाले पटाहा लगाउनुभयो। लामो समयपछि पटाहा लगाएर खेत सम्याइयो साँवाले भन्नुभयो, ‘धेरै रमाइलो पनि महसूस गरें । खेती किसानीप्रति मेरो लयो हराएको रहेनछ भन्ने पनि पुष्टी भयो।’ साँवाले आधुनिक कृषि प्रणालीको सुचकको रुपमा रहेको खेत जोत्ने ट्रयाक्टरबाट केहीबेर खेत पनि जोत्नुभयो। केहीबेर धान पनि रोप्नु भएको नगरपालिका उपप्रमुख नरमाया कार्कीले जानकार दिनुभयो।
धान दिवशमा किसानहरुसँग साँसद साँवा, नगरप्रमुख रोशन थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत सहभागी हुनुहुन्थ्यो।












प्रतिक्रिया