अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन: अध्यक्ष तिमिल्सिना

संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन: अध्यक्ष तिमिल्सिना


काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनु भएको छ।

शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संसदमा विषयवस्तु राख्दा आफूलाई ग्लानि हुने किसिमको नबोल्न आग्रह गर्नुभयो। उहाँले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘आफूले संसदमा बोल्दा अग्रजले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन्। यस्तो नहोस् की आफूले बोलेको कुरा दुई वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानि हुने गरेर नबोल्नु होला। पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउन् भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्नेसम्मको कडा हुन्छ। रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन। त्यस्तो विषय बनाउनु हुँदैन। समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ। कानुनले संविधानले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजानसक्ने गरी अघि बढाउनुपर्छ।’’ 

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताउनुभयो। 

Skip This