अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ल्याएको बजेट ‘राणाकालीन समयको जस्तो’ भयो: खिमलाल देवकोटा

सरकारले ल्याएको बजेट ‘राणाकालीन समयको जस्तो’ भयो: खिमलाल देवकोटा


काठमाडौँ-राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गर्नुभएको छ।

प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उहाँको जिकीर थियो । 

राष्ट्रिय सभाको दोस्रो बैठकमा शुक्रबार सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशतमात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति जनाउनु भयो।

‘संघीयतामा आएपछिको पहिलो बजेटबारे प्रदेशका मुख्यमन्त्रीहरुले के जवाफ दिनु भएको थियोभने यो बजेट पञ्चायतकालीन जस्तो छ। त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरुलाई अहिले मैले सो बजेट कस्तो छ ? राणकालीन जस्तो भनेर उत्तर दिनु भयो मलाई,’ देवकोटाले भन्नुभयो, ‘मैले संघीयताको सन्दर्भमा खेलेको, बोलेको २० वर्ष भयो। यस अनुभवमा यस्तो खालको बजेट मैले कहिल्यै पनि देखेको छैन।’

उहाँले साविकको गाविसले समेत २ लाख भन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले २ लाख भन्दा कमको आयोजनाहरुसहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताउनु भयो। 

सांसद देवकोटाले भन्नुभयो, ‘कामलाई चाहिं दामले पछ्याउनुपर्छ। काम लाइ चाँही वित्तिय स्रोत, साधनले पछ्याउनुपर्छ। कामलाई चाँही कर्मचारीले पछ्याउनु पर्छ। कामलाई कानुन लगायतले पछ्याउनु पर्छ भन्ने एउटा फन्डामेन्टलको बारेमा पनि मैले यो संसदमा पटकपटक भनेको छु।’

सांसद देवकोटाले के सत्तारुढ दलका नेता र मन्त्रीहरुको निर्वाचन क्षेत्रका लागि बजेट छुट्टयाउन संघीयता र गणतन्त्र ल्याइएको हो? भनि प्रश्न समेत गर्नुभयो।