काठमाडौं -धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ।
शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट उडेको थियो। ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।
‘जहाजको हाइड्रोलिकमा समस्या आएको थियो। धनगढी पुग्नै लाग्दा समस्या आएको थाहा पाएपछि फेरि फर्काइएको हो,’ उहाँले भन्नुभयो, ‘यहाँ बनाउनका लागि उपकरणहरू पनि हुने भएकाले यतै ल्याइएको हो।’
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५.०५ मा जहाज अवतरण भएको हो । यता यात्रुका लागि अर्को जहाज पनि तयारी अवस्थामा राखिएको थियो। उक्त जहाजमा यात्रुहरू धनगढी गएका छन्।
कतिपयले भने उडान नै रद्द समेत गरेका छन्।




प्रतिक्रिया