अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजका लागि श्री एयरलाइन्सका सबै उडान स्थगित

आजका लागि श्री एयरलाइन्सका सबै उडान स्थगित


काठमाडौँ-श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्न उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँ नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।  

भोलि सम्पूर्ण उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ ।