काठमाडौं-ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ।
आइतबार दिउँसो ललिता निवासको जग्गामा तारबार लगाउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो।
सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ।
ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताउनु भयो ।






प्रतिक्रिया