अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, सुरक्षित स्थानमा बस्न आग्रह 

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, सुरक्षित स्थानमा बस्न आग्रह 


काठमाडौँ-तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । गएरातिदेखिको वर्षाले तिनाउ नदीमा जल सतह बढ्दो क्रममा रहेको हो ।

 तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ । 

यस्तै राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुबान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।