अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कामकाज छाडेर ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्चमा

कामकाज छाडेर ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्चमा


काठमाडौँ-ललितपुर जिल्ला अदालतका कर्मचारी कार्यालय छाडेर सर्वोच्च अदालत गएका छन् । कानुन व्यवसायीबाट आफूहरूलाई खतरा भएको भन्दै  कर्मचारीहरु सर्वोच्च अदालत गएका हुन् । 

नेपाल बार एसोसिएसनले कर्मचारीको मानमर्दन हुनेगरी असार १८ गते ललितपुर जिल्ला अदालत बाहिर आमसभा गर्ने अभिव्यक्ति दिइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।  

यस्तै कर्मचारीहरुले बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानुन विपरीतको कार्य भएको बताएका छन् ।  

कर्मचारीहरू कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च प्रशासनले कर्मचारीसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।

  तर कर्मचारीले आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने बताएका छन् ।