काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा हुनु भएको छ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनु भयो ।
रिक्त एक सचिव पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए। जसमा उपाध्ययलाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको हो।
उपाध्याय हाल जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छन्।






प्रतिक्रिया