अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअष्टमीमा मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

महाअष्टमीमा मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


काठमाडौं-बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

महाअष्टमीका दिन शक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्। बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुको चहलपहल बढेको छ।

दसैँको महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन देवीको आराधना, बलिपूजा तथा विभिन्न धार्मिक अनुष्ठान गरिन्छ।

बडादसैँका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा पनि भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ।