अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्छ, कृषि उत्पादन ८० प्रतिशत वृद्धि हुन्छ: अध्यक्ष ओली

नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्छ, कृषि उत्पादन ८० प्रतिशत वृद्धि हुन्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन भूमि बैंक आवश्यक रहेको ओलीको भनाई छ। 

मंगलबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपक्षी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अति आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नु भयो । उहाँले नेपालमा ५ वर्षभित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिर समेत गर्नु भयो। त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिँचाइको प्रबन्ध गर्नुपर्ने उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो,  ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ। पहाड सहकार्य नै काफी हुन्छ। सुन्तला यहाँ राम्रो हुन्छ। यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन् । कृषि उत्पादन ५ वर्षमा कम्तीमा ८० प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पु¥याउन सकिन्छ।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गर्नुभयो ।