काठमाडौँ-गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित घरमै उनी मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार तामाङ घरको कोठा भित्र मृत भेटिएका छन् । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले बताएको छ ।
रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।




प्रतिक्रिया