अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियालाई कारबाही गर्नुपर्छः सांसद गैरे

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियालाई कारबाही गर्नुपर्छः सांसद गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। 
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताउनु भयो।

उहाँले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताउनु भयो। उहाँले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘हामी वागमती नदी भन्छौँ, तर यो नदी नालीमा रुपान्तरण भइरहेको छ। हामीले ढल, नाला बनाउँदै छौँ। यो नदी जस्तो भइरहेको छैन। नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित नहुने कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ। यसका अवरोध हटाउनुपर्छ। ८० प्रतिशत फेक बस्तीलाई हटाउनका लागि बाधा कहाँ नेर हो, त्यसमा समितिले सघाउनेछ। ढल निकासमा सरकारमा बस्ने, राजनीतिकरण गर्ने कुरालाई रोक्नुपर्छ। मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्छ। जो वास्तविक सुकुम्वासी हुन्, उनीहरु सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ। अटेर गर्ने हो भने त्यसलाई सोही अनुसार उपचार गर्नुपर्छ।’

सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताउनु भयो। 

Skip This