अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा ‘राष्ट्रपतिको सहयोगार्थ’ अनेरास्ववियुले सुरू गर्‍यो १ रुपैयाँ संकलन अभियान

पोखरामा ‘राष्ट्रपतिको सहयोगार्थ’ अनेरास्ववियुले सुरू गर्‍यो १ रुपैयाँ संकलन अभियान


पोखरा-अनेरास्ववियु र युवा संघले राष्ट्रपति रामचन्द्र पौडेलको नाम एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन्।

दुई संगठनका प्रदेश कमिटीले बुधबार प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिनु भएको थियो।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिनु भयो ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।