अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अझैपनि देशमा गरिबीको रेखामुनि: अध्यक्ष ओली

अझैपनि देशमा गरिबीको रेखामुनि: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरीको अवस्था रहेको बताउनु भएको छ। 

शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो।

‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरीबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशत जनसंख्या छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले पनि देशमा भोकमरी छ। खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ।’

उहाँले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुन नसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताउनु भयो।  

उहाँले मानवअधिकारको हनन राज्यबाटै हुने गरेको भन्दै सरकारले साइनबोर्ड र प्रणालीमा मात्रै लोकतन्त्र भनेर नहुने बताउनु भयो।