अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना 

काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना 


काठमाडौं-नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ।

शनिबार काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो। स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियानअन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि शहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो।

वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताउनु भयो । उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताए। वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताउनु भयो ।

उहाँले अब काठमाडौं शहर संरक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।