अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका यि भू-भागमा आज वर्षा हुने सम्भावना

देशका यि भू-भागमा आज वर्षा हुने सम्भावना


काठमाडौं – देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस प्रदेशबाहेकका सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Skip This