अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेश जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभागमा प्रदर्शन

विदेश जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभागमा प्रदर्शन


काठमाडौं-वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई अध्यामगन विभागले फर्काएको विरोधमा मेनपावर व्यवसायीले अध्यागमन विभाग अगाडि प्रदर्शन गरेका छन्।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो ।

उनीहरूले अध्यागमन कार्यालयका महानिर्देशकको राजीनामासमेत मागेका छन् ।