काठमाडौँ-नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना तत्कालका लागि टरेको छ ।
नेपालले अवैध धनको संरक्षण र ओसारपसार नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारको प्रतिबद्धता जनाएपछि यो सम्भावना टरेको हो ।
सम्पत्ति शुद्धीकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले कानुनी र संरचनागत सुधारका लागि नेपाललाई थप समय दिएको छ । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारण सभाले प्रतिबद्धता कार्यान्वयनका लागि एक वर्षको समय दिएको हो ।
नेपालमाथिको आरोप प्रतिवाद गर्न सरोकारवाला निकायका ३० जनाभन्दा बढीको टोली क्यानडा गएको थियो । उनीहरूले सम्पत्ति शुद्धीकरण र गैरकानूनी सम्पत्तिको कारोबार नियन्त्रणका लागि प्रतिबद्धता जनाएपछि एफएटीएफले केही समय दिएको बताइएको छ ।




प्रतिक्रिया