अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँगामा बस दुर्घटना हुँदा सातजना घाइते

साँगामा बस दुर्घटना हुँदा सातजना घाइते


भक्तपुर-भक्तपुरको साँगामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा.३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको हो।

बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालयकाले जनाएको हो ।

घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।