काठमाडौँ–आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ ।
आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया