अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन बरामद प्रकरण : भन्सार अधिकृत र नायब सुब्बा निलम्बित

सुन बरामद प्रकरण : भन्सार अधिकृत र नायब सुब्बा निलम्बित


काठमाडौँ-करिब सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा  निलम्बनमा परेका छन् ।

भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यस्तै  निलम्बित नायब सुब्बाको भने नाम खुलेको छैन । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ ।

हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिब सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको बताइएको छ । 

भन्सार विभागका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिइएको छ ।