अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ फेसबुक पेज ‘केपी बा’लाई लाइक गरिदिन अध्यक्ष ओलीको आग्रह 

नयाँ फेसबुक पेज ‘केपी बा’लाई लाइक गरिदिन अध्यक्ष ओलीको आग्रह 


काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नयाँ फेसबुक पेज ‘केपी बा’ लाई लाइक गरिदिन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो जीवनका अनुभव नयाँ पेज ‘केपी बा’ बाट सेयर गरिरहेकाले लाइक गर्न आग्रह गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘जेलमा घाम नअस्ताई खाना खाइसक्नुपर्थ्यो । त्यहाँ चिया, खाजा र नास्ता गर्ने चलन नै हुँदैन थियो । किनकि हामीलाई पेट पाल्नका लागि जम्माजम्मी डेढ माना चामल र ७५ पैसा दिइएको हुन्थ्यो । र त्यही ७५ पैसाले दाउरा, तेल, दाल, तरकारी, मन्जन, साबुन, जुत्ता, चप्पलदेखि आफ्नो आवश्यकताहरू सबै पूरा गर्नुपर्ने हुन्थ्यो । यो मेरो जेल जीवन बिताउँदाको अनुभव हो । मैले मेरा यस्तै व्यक्तिगत अनुभवहरू आफ्नो नयाँ फेसबुक पेजबाट सेयर गर्दै आइरहेको छु । मेरो फेसबुक पेजलाई लाइक गर्नुहोस् है ।’

लाइक गर्न यहाँ जानुहोस्

https://www.facebook.com/TheKpbaa