काठमाडौं-सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चुवान सुनको मालिक हो भन्ने आशङ्का गरिएको उहाँको भनाइ छ।
महानिर्देशक अधिकारीले पक्राउ गरिएको चिनियाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘चिनियाँ नागरिक चीन जाँदै गर्दा सुरक्षाकर्मीको मौखिक सूचना अनुसार हामीले पक्राउ गरेका हौँ। उहाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएका छौँ ।’’






प्रतिक्रिया