अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरणमा कोटेश्वरबाट थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा कोटेश्वरबाट थप एकजना पक्राउ


काठमाडौँ-हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन्। उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् । 

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।  

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।