अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने 

भोलि काठमाडौँका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने 


काठमाडौँ–काठमाडौँका केही स्थानमा भोलि (शनिबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि बन्द हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसन स्तरोन्नति गर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । 

“टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले भनेको छ, “टेकु सबस्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”