अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको जोखिम

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


काठमाडौँ–आज देशका विभिन्न भू–भागमा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यम र भारी वर्षाका कारण बाढीको सम्भावना रहेको महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डोल्पा, दार्चुला र आसपास भई बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।  

यस्तै सिन्धुपाल्चोक, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, पर्वत, गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदी र खोलामा पनि बहाव सामान्य बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ ।