अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्राइडे रिलिज : आजबाट देशभर ‘लुङा’

फ्राइडे रिलिज : आजबाट देशभर ‘लुङा’


काठमाडौँ-फ्राइडे रिलिज अन्तर्गत आजबाट  एक मात्र फिल्म ‘लुङा’ रिलिज भएको छ । आज  ‘लुङा’लाई एकल प्रदर्शनको अवसर मिलेको हो । 

तर फिल्मले देशभरका सबै हल भने पाएको छैन ।

किरण राईले निर्देशन गरेको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जङ्ग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय छ ।

फिल्मको निर्माता सञ्जीव राई र प्रयास घिमिरे कार्यकारी निर्माता रहेका छन् । यस्तै शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।

फिल्ममा भुवन सिंह राईको कथा, भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाको पटकथा छ ।  

Skip This