अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिवार ८ घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिवार ८ घण्टा बिजुली अवरुद्ध हुने


​​​​​​​​​​​​​​काठमाडौं-काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा शनिवार ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् शनिवार बन्द हुने भएको हो। 

लप्सी फेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसन स्तरोन्नति गर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 

‘टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सब स्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,’ प्राधिकरणले भनेको छ, ‘टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।’

Skip This