अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकका महिला काम लाग्दैन भने प्रतिस्पर्धा गराउनुस्: आरजु राणा देउवा

समानुपातिकका महिला काम लाग्दैन भने प्रतिस्पर्धा गराउनुस्: आरजु राणा देउवा


काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिनुभएको छ।

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।

डा. राणाले भन्नुभयो, “निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनैपर्छ भनेको छ। हाम्रो पार्टीको योजना के हो ? लास्टमा गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लवी गरौं । हामीले पहिला पनि लवी गरेको हो । अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन् । समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ! महिला–महिलाबीच प्रतिस्पर्धा गरेर एकतिहाइ सिट पठाऔं हामी।”

यस्तै, उहाँले दलित पनि सधैँ समानुपातिकमा आउने कुरा नहुने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन प¥यो । उहाँहरु जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटीभन्दा नराख्ने राम्रो कुरा हो । खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने । पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ?”

उहाँले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताउनुभयो । सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा उहाँको छ ।

उहाँले भन्नुभयो, “ओपनमा क्रिटिसाइज नगरौं । राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो । कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानपर्‍यो । हाम्रो भोट हामी आफैं काटिरहेका छौं ।”

Skip This