काठमाडौँ-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्नु भएको छ।
शुक्रबार बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।
प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता विषयमा संसदीय समितिमा उठाउन जरुरी रहेको भन्दै देश लुट्न कुनै मन्त्रीलाई छुट नरहेको बताउनु भयो ।
कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले पनि एयरपोर्टबाट एक पटक हैन २२ पटक क्विन्टलका क्विन्टल सुन छिरेको भन्ने कुरा आएको भन्दै भरियाहरूलाई समातेर सरकारले आँखामा छारो हाल्ने काम नगर्न आग्रह गर्नुभयो ।
नेपाल आर्थिक रूपमा टाट पल्टिन लाग्यो भन्ने तर कहाँ कहाँका तस्कर मिलेर नेपाललाई तस्करीको रणभूमि बनाउन लागिएको भन्दै प्रश्न गर्नुभयो।




प्रतिक्रिया