अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन महासंघको माग

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन महासंघको माग


काठमाडौं-नेपाल पत्रकार महासंघले गृह प्रशासनको नेतृत्व नै पत्रकारविरुद्ध प्रहरी कारबाहीमा उत्रिनु गलत भएको बताएको छ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष ईन्द्र प्रसाद आचार्यविरुद्ध साइबर क्राइमको मुद्दा लगाएर फसाउन खोजेकोप्रति विरोध गर्दै महासंघले पत्रकार बस्नेत र आचार्यविरुद्धको उजुरी तत्काल फिर्ता लिन गृह प्रशासनसमक्ष जोडदार माग गरेको छ।

‘प्रेस चौतारी नेपालका अध्यक्ष एवम् जनता टाइम्स डटकमका प्रधानसम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका सचिव गोविन्द प्रसाद चौलागाइँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको महासंघको ठहर छ।’

पत्रकारविरुद्धको उजुरी तत्काल फिर्ता लिन माग गर्दै महासंघले भनेको छ, ‘महासंघ अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसमक्ष जोडदार माग गर्दछ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गर्दछ।’