कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले अहिले पनि जनतामाझ प्रदेश संरचनाहरू विश्वासनीय हुन नसकेको बताउनु भएको छ।
काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उपसभामुख दनुवारले कोशीमा अहिले विशिष्ट अवस्था रहेको बताउँदै जनताले पनि प्रश्न उठाउन थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोशीमा केही विशिष्ट अवस्था छ। प्रदेशहरूमा जनताको आवाज उठ्न थालेको छ । परिवर्तनका लागि पटक पटक बलिदान भएको छ। प्रदेशहरू अझै जनताबीच विश्वासनीय हुन सकेनन्।’
उहाँले प्रदेशका सभामुख र उपसभामुखको भूमिका पनि सीमित रहेको बताउनु भयो । ‘विकास र जनताका काममा पनि प्रदेशसभाका सभामुख-उपसभामुख जोडिन सकेका छैनन्’, उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख र उपसभामुखले के गर्न हुने नहुने संविधानले पनि भनेको छ।’






प्रतिक्रिया