अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्न थाल्छ: गणेश तिमल्सिना

संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्न थाल्छ: गणेश तिमल्सिना


काठमाडौं-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद् प्रभावकारी हुन सके मात्रै व्यवस्था पनि बलियो हुने बताउनु भएको छ।

काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘संसदलाई प्रभावकारी बनाउन सभा सञ्चालन गर्ने निष्पक्ष र प्रभावकारी हुनुपर्छ। सांसदहरूलाई सिर्जनात्मक बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘संसद सदस्यहरूको भूमिका प्रभावकारी बनाउन सभामुख-उपसभामुखको भूमिका हुन्छ।’

उहाँले अझै पनि सांसदहरूमा बोलेर केही नहुने धारणा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अझै पनि सांसदहरूमा बोलेर केही हुँदैन, मन्त्री र सरकारले सुन्दैनन् भन्ने छ । हामीले त्यस्तो पर्न दिनु हुँदैन। संसद जति प्रभावकारी भयो, व्यवस्था उति बलियो हुन्छ। संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्ने अवस्था आउँछ।’

Skip This