अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानमा गोली हानी युवकको हत्या

धरानमा गोली हानी युवकको हत्या


धरान-सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ। 

शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।

उहाँका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताउनु भयो।