अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकद्वारा पहिलो पटक क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि सुरू

माछापुच्छ्रे बैंकद्वारा पहिलो पटक क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि सुरू


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ। शुक्रबारबाट क्यूआरमा ‘भ्वाइस बक्स’ जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो।

अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने बैंकले जानकारी गराएको छ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

यस सुविधाबाट हजारौ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने जनाइएको छ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको बैंकले जनाएको छ। बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको स्पष्ट पारेको छ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Skip This