विराटनगर-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गर्नु भएको छ।
शनिबार बिहान विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।’
लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले थप टिप्पणी नगर्ने बताउनु भयो। विमानस्थलबाट भन्सार पास भएपछि सुन समातिएकाले राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको स्पष्ट पार्नुभयो। उहाँले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझि राजीनामा नमाग्ने धारणा राख्नुभयो ।






प्रतिक्रिया