अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिको बैठक सम्पन्न

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिको बैठक सम्पन्न


काठमाडौं–नेपाल मगर संघ, उदयपुर–काठमाडौं सम्पर्क समितिको १२औं मासिक बैठक काठमाडौंको भृकुटीमडपमा सम्पन्न गरेको छ।
सम्पर्क समितिका अध्यक्ष केशर बहादुर मगर अध्यक्षता तथा नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य दुर्गा खापाङ्गी मगरको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो।

बैठकको विशेष अतिथि नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य सिता कुमारी मगर, नेपाल वैदेशिक रोजगार मगर व्यवसायी समाजका उपाध्यक्ष मेघबहादुर मगर, समाजसेवी भक्त मगर र सुमन जर्घा मगर हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरु लोकबहादुर थापा मगर, लालबहादुर मगर, शिव कुमारी मगर, अनिस मगर, हरि पुलामी मगर, ज्ञानदीप आले मगर र दिपा केप्छाकी मगर हुनुहुन्थ्यो।

१२औं मासिक बैठकमा सम्पर्क समितिले विगतमा गरिएका काम एवं कार्यक्रमको समीक्षा तथा आगामी दिनमा गरिने गतिविधिको बारेमा सम्पर्क समितिका सूचना तथा सञ्चार विभागका संयोजक खड्गबहादुर मगरले जानकारी दिनुभयो। उहाँले सम्पर्क समितिको नयाँ सदस्य र सल्लाहकार नियुक्ति गरिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘नेपाल मगर संघ, उदयपुर-सम्पर्क समितिको बैठकले नयाँ सदस्य र सल्लाहकार नियुक्ति गरिएको छ। सल्लाहकारमा मेघबहादुर मगर, भक्त मगर, सुमन जर्घा मगरलाई नियुक्ति गरियो भने सदस्यहरूमा त्रियुगा नगरपालिकाबाट ज्ञानदिप आले मगर, उदयपुरगढी गाउँपालिकाबाट पदमबहादुर मगर ‘अनिस’, कटारी नगरपालिकाबाट लालबहादुर मगर, शिवकुमारी मगर र रौतामाई गाउँपालिकाबाट दिपा केप्छाकी मगरलाई नियुक्ति गरिएको छ।’

समाजसेवी सुमन जर्घा मगरले सम्पर्क समितिलाई बलियो बनाउन त्यसका लागि बनेका नियम-कानून र निर्देशिका अुनसार कार्यान्वयन गर्न आवश्यत्ता रहेकाे बताउनु भयाे । उहाँले संगठन चलायमान बनाउनका लागि एक आपसमा मनमुटाब गर्नु नहुने सुझाव दिनु भयाे।  

समाजसेवी भक्त मगरले संठनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संगठन बलियो बनाउनका निम्ति आर्थिक पनि चाहिन्छ । विभिन्न संस्था, प्रदेश र संघका माननीयहरूसँग आर्थिक सहयोगको लागि आग्रह गर्ने ।’

नेपाल वैदेशिक रोजगार मगर व्यवसायी समाजका उपाध्यक्ष मेघबहादुर मगरले संगठन चलाउनका निम्ति एक्लैले मात्र सम्भव नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक्लै लड्छु र काम गर्न सम्भव छैन, त्यसैले हामीले संगठन बलियो बनाउका निम्ति एक ढिक्का भएर अगाडि बढ्न जरूरी छ । एक आपसमा विरोध होइन, सल्लाह, सुझाव र एजेन्डासहित छलफल गरेर अगाडि बढ्नु पर्छ ।’

नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य दुर्गा खापाङ्गी मगरले मगर हकहितको लागि एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाल मगर संघ कुनै पनि राजनीति दलसँग आवद्ध छैन, विशुद्ध संगठन हो । त्यसैले देश÷विदेशका मगरहरू एक होऔं । २३ राष्ट्रमा मगर संघ आवद्ध छ । हामीले बोल्ने, लेख्ने बसालौं ।’ विगतका कुनै सबै खालका कमजोरी छ भने सच्याएर संगठनको काम गर्न आग्रह गर्नुभयो।

Skip This