अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लघुवित्त तथा वित्तिय संस्थाविरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन

लघुवित्त तथा वित्तिय संस्थाविरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन


काठमाडौं-काठमाडौंमा लघुवित्त तथा वित्तिय संस्थाविरुद्ध आईतबार पनि प्रर्दशन भएको छ।

लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिको आह्वानमा माइतीघर मण्डलामा आमरण अनसन बस्दै आएका उनीहरूले आइतबार काठमाडौंको थापाथली, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भद्रकालीसम्म ¥याली निकाल्दै चर्को ब्याज असुली गर्ने वित्तीय संस्थाहरूलाई खारेज गर्नुपर्ने आफूहरूको अडान दोहोर्‍याएका हुन् । चर्को ब्याज असुली गर्ने र भ्रष्टाचारमा संलग्न वित्तीय संस्थाहरूलाई कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले नाराबाजी पनि गरेका थिए ।

पीडितहरूले मिटर ब्याजमा ठगी गर्ने वित्तीय क्षेत्रका भ्रष्ट र दलालहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी पनि दिँदै आएका छन् । आफूहरूलाई न्याय नदिने काम नगरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत पीडितहरूले राजीनामा माग गर्दै आएका छन् ।

Skip This