अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। 

आइतबार दिउँसो राष्ट्रपति कार्यालय, महाराजगन्जमा राष्ट्रपति पौडेलसँग नेता जियाजुनको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिनुभयो। भेटमा दुई देशबिच रही आएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ। 

भेटमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबिच रही आएको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउन मदत पुग्ने विश्वास गर्नुभएको सहायक प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

Skip This