अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरण: थप दुईजना पक्राउ

ललिता निवास प्रकरण: थप दुईजना पक्राउ


काठमाडौं-ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन्।

उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताउनु भयो।

यो सँगै ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा बनाउने २२ जना पक्राउ परेका हुन्। यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर छन्। २१ जनालाई थुनामा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसहित मालपोतका पूर्व कर्मचारी, समर्जङ कम्पनीका पूर्व कर्मचारी र विचौलियाहरु छन्।

धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ र सिपिका खेतान पनि हिरासतमा छन्।

सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सीआईबीले असार १२ गतेदेखि पक्राउ गर्न र अनुसन्धान गर्न थालेको हो। यो कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न म्याद पाउँछ।