काठमाडौँ-आज देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । केही दिनसम्म भारी वर्षाको सम्भावना नभपछि बाढीको पनि जोखिम घट्दै गएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने छ । अबका तीन दिन प्रमुख र मझौला नदीहरूमा जलसतह घट्दो हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यो अवधिमा प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहनेछ ।
आज इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर काभ्रेपलाञ्चोक, गोरखा, कास्की, पर्वत, लमजुङ, बागलुङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट भई बहने केही साना नदीहरूमा भने बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया