अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह 

काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह 


काठमाडौँ–युरोपेली सङ्घ (ईयू) ले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । मिचेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट आज विनाशकारी समाचार आइरहेको छ ।’

“बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्छ’, उनले भने ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, ‘ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ ।’ बोरेलले भने, ‘यो सैन्य वृद्धिलाई स्थानीय जनसंख्याको पलायनलाई बाध्य पार्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन । शान्ति र सामान्यीकरण वार्ताका लागि अनुकूल वातावरण प्रदान गर्न हिंसा रोक्न आवश्यक छ ।’

ईयूले अजरबैजान र आर्मेनियासँग वार्ताको मध्यस्थता गरेको छ जसको उद्देश्य पूर्व सोभियत सङ्घका शत्रुहरूबीच स्थायी शान्ति सुनिश्चित गर्नु हो । अजरबैजानले पर्वतीय क्षेत्रमा आर्मेनियासँग छोटो तर क्रूर युद्ध लडेको लगभग तीन वर्षपछि नागोर्नो–काराबाख क्षेत्रमा मङ्गलबार ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गरेको छ ।