अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोट भूकम्प पीडितलाई वीरेन्द्रनगरले २६ लाख सहयोग गर्ने

जाजरकोट भूकम्प पीडितलाई वीरेन्द्रनगरले २६ लाख सहयोग गर्ने


सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरुको पुनर्स्थापना कोषमा रु.२६ लाख सहयोग गर्ने भएको छ।कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने भएको हो।

आज बसेको नगरपालिकाको बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिकाको १६ वटै वडाको वडा विपद कोषबाट रु.१ लाखका दरले १६ लाख र नगर विपद कोषबाट रु.१० लाख गरी रु.२६ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख म‍ोहनमाया ढकालले बताउनुभयो।

भूकम्प पीडित परिवारका बालबालिकाहरु वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत र नगरपालिका भित्र अध्ययन गर्न चाहानेका लागि नगर शिक्षा विकास कोष मार्फत नि:शुल्क रुपमा अध्ययन व्यवस्था गर्ने नगर प्रमुख ढकालले उहाँले बताउनुभयो।

नगरपालिकाले भूकम्पमा परी जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका नगर उप-प्रमुख सरिता सिंहलगायत जाजरकोट तथा पश्चिम रुकुममा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो सम्वेदना साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ।

२०८० कात्तिक १७ गते राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट ठूलो धनजनको क्षती भएको थियो।