मध्यपहाडी मन्थन-८
केही वर्ष अघिसम्म बागलुङको निसीगाउँ दुर्गम बस्तीमा गनिन्थ्यो। त्यहाँका स्थानीयलाई सरकारी कामको लागि पुग्नैपर्ने सदरमुकाम आउन समेत हप्तादिन बढी समय खर्चिनु पर्ने बाध्यता थियो। खर्चको त कुरै नगरौं, आम्दानी नभएको ती बस्तीका नागरिकका लागि हजारौ खर्च गर्नु पर्ने विवशता थियो। आउजाउका लागि सवारी साधन त के समान वोक्ने खच्चड देख्न पनि महिनौसम्म पर्खिनु पथ्र्यो। स्थानीयलाई आवश्यक खाद्य सामाग्री वोकेर आउने खच्चड पनि पालो मिलाएर मात्रै महिनामा एक दुई पटक गाउँतिर आउथे। दुर्गम वस्ती भलकोट र आसपासका बासिन्दाको दैनिक साह्रै कष्टप्रद थियो।
तर पछिल्ला केही वर्षयता यहाँको अवस्था फेरिएको छ। खच्चड हिड्ने गगरेटे बाटो पिच भएको छ। सडकमा दैनिकै सयौ सवारी साधन कुद्न थालेका छन्। हप्तौ लागेर सदरमुकाम पुग्ने स्थानीय विहान ४-५ घण्टामै बागलुङ बजार पुगी काम सकेर वेलुका घर फर्किने भएका छन्। गाउँमा आउजाउ बढेको छ।
स्थानीय रुपमा उत्पादन हुने आलु, कोदो, फापर विक्री हुन थालेको छ। घरमा पालिएका दुई चार वटा बाख्रा र कुखुरा बेचेर स्थानीयले घरमै आम्दानी गर्न थालेका छन्। गाईवस्तुको दुध र घिउ अर्गानिक ब्राण्ड बन्दै माग बढेको छ। कष्टकर दैनिकी विस्तारै सहज बन्दै गएको छ। अध्यारा जीवन उज्याला बन्दै आएका छन्। स्थानीय भुमीराज घर्ति भन्नुहुन्छ, ‘बाटोले त हाम्रो कायलपलायट नै गर्यो नि !’
बटाहरु पिच भएपछि गाउँ विद्यालय र स्वास्थ्य चौकीहरुमा पनि राम्रा शिक्षक र स्वास्थ्यकर्मी आउन थालेका छन्। शिक्षाको उज्यालो र स्वस्थ जीवन बाँच्नको फाईदा स्थानीयले थाहा पाउन थालेका छन्। पूर्वी रुकुम र बागलुङ निसीको सिमानामा रहेको उराठ पातीहाल्ने डाँडो पर्यटकीय क्षेत्र बन्दै गएको छ। त्यही डाँडो हेर्न अहिले सयौं मान्छे आउन थालेका छन्। सेवा निर्वत स्वास्थ्यकर्मी घर्ति भन्नुहुन्छ, ‘बाटोको सहज पँहुचले मात्रै पनि यति धेरै परिवर्तन हुँदो रहेछ भन्ने कुरा वल्ल अहिले आएर वुझ्दै छौ हामीले।’
हुन पनि हो त्यहाँका ब्याँसी र भीरमा त्यसरी गाडी गुड्लान र त्यही गाडीमा आफु पनि चढ्न पाईएला भनेर त स्थानीयले कहिल्यै कल्पना गर्न सकेकै थिएनन्। अझ वाटोले संगै लिएर आउने परिवर्तनको सपना देख्ने त परको कुरा भयो नै। अहिले त्यहाँका पिच सडकमा दैनिक कुद्ने सवारी साधनमा नै स्थानीयले आफ्नो सुन्दर भविष्य देख्न थालेका छन्। वोहोरागाउँका स्थानीय जुनविक्रम शाही भन्नुहुन्छ, ‘पिच सडकसंगै गुड्ने गाडीमा अहिले हाम्रो भविष्य देख्न थालेका छौं। गाउँमा विकासको लहर आउन त वाटो नै पहिला बन्नु पर्ने रहेछ नि !’
दुर्गमका बस्तीमा खुशी दिने र भविष्य देखाउने मध्य पहाडी पुष्पलाल लोकमार्ग अहिले सवैको भरोसाको साथी बन्दैछ । बागलुङ पश्चिमको निसी, वोहोरागाउँ, देविस्थान, बुर्तिबाङ, भीमगिठे, ग्वालीचौर र रिघा मात्रै होइन, मध्य बागलुङको गल्कोट र सदरमुकाम नजिकको विहुँ र लेखानी आसपासका गाउँहरु पनि सडक विस्तारसंगै आम्दानीमा जोडिन थालेका छन्। सदरमुकाम बागलुङ बजार त मध्य पहाडी र कालीगण्डकीे करीडोरको ‘ट्रान्जिट पोइन्ट’ बन्दैछ। यी गाउँवस्तीमा विकासको ढोका खुल्दैछ। आर्थिक अवस्थामा सुधार आउदैछ र नागरिकमा आशाको दियो बलेको छ।
हुन पनि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडीसम्मका नेपालीले पहाडी लोकमार्गको यात्रा गर्दा गण्डकी प्रदेश र बागलुङ नआई सुखै छैन। राजमार्गले बागलुङ जिल्लामा मात्र १ सय ४२ किमी र गण्डकी प्रदेशमा ४ सय ४२ किमी भाग पार गर्नु पर्छ। बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ भन्नुहुन्छ, ‘बागलुङ भित्रै यति लामो सडक परेकोले जिल्लाले कम्तिमा यात्रीलाई सके एक दिन बसाल्ने र नभए कम्तिमा खाना खाने र एकैछिन अडिएर बस्ने अवस्था सिर्जना भएमा मात्रै पनि पर्यटन विकास गर्ने अवसर सिर्जना भई यहाँको समृद्धिको ढोका खोल्नेछ।’ प्राकृतिक, भौगोलिक, साँस्कृतिक रुपमा समेत बागलुङ समृद्ध छ।
मध्य पहाडी पुष्पलाल लोकमार्गले जिल्लाको मात्रै होइन, गण्डकी प्रदेशको समृद्धिको यात्रालाई पनि संगै उजिल्याएको छ। गण्डकी प्रदेश धार्मिक, पर्यटकीय र आर्थिक विकासको संभावना बोकेको क्षेत्र हो । लोकमार्ग अन्र्तगत गोरखाको आरुघाटदेखि पालुङटार, लमजुङको सुन्दरबजार, भोर्लेटार हुँदै पोखरा निस्कन्छ। यो सडक गण्डकी प्रदेशमा मात्र झण्डै ४ सय ४२ किमी पर्छ। गण्डकीलाई पूर्व पश्चिम चिरेर हिडेको लोकमार्गबाट प्रसस्त फाइदा लिन सकिने आधार छन्। गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य इन्द्रलाल सापकोटा भन्नुहुन्छ, ‘मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशका लागि समृद्धिको ढोका खोलेर आएको छ। यसको भरपूर उपयोग गर्न सकियो भने समृद्धीको यात्रा सहजै प्राप्त हुन सक्छ।’
लोकमार्ग क्षेत्रबाटै मनास्लु, अन्नपूर्ण, माछापुच्छे« र धौलागिरी लगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ। ढोरपाटन शिकार आरक्ष, बागलुङ कालिका, गुप्तेश्वर, विन्दवासिनी, लमजुङको इशानेश्वर महादेव, ऐतिहासिक गोरखा दरवार समेत यही प्रदेशमा पर्दछ। मुख्य मुख्य ठाउँ पहिचान गरेर अवलोकन स्थल निर्माण गरेर यात्री अडिने मार्गको रुपमा यसलाई विकास गरेर लैजाने सोच बन्दै गएको छ। गण्डकी प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र वहादुर थापा भन्नहुन्छ, ‘मध्य पहाडी लोकमार्गले सवै क्षेत्रमा सम्भावना बोकेर आएको छ। हामी यसलाई सही रुपमा उपयोग गर्ने कार्यक्रम बनाउदै छौ।’
लोकमार्गको निर्माणसंगै यस क्षेत्रमा ग्रामिण वस्ती विस्तारको काम पनि संगै बनेको छ। बागलुङको बुर्तिबाङ बजारमा साना शहरी योजनाले काम नै अगाडि बढाएको छ। लोकमार्ग आयोजनाका अनुसार पूर्वदेखि पश्चिमसम्म १० वटा नयाँ शहरको काम संगै अगाडि बढेको छ। पश्चिमतर्फ बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र वैतडीको पाटन नयाँ शहर वन्दैछन। पूर्वतर्फ पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्काेट, धादिङको बैरेनी र तनहुँको डुम्रेमा नयाँ शहरको काम भइरहेको छ। यी वाहेक लोकमार्गमा पर्ने २४ जिल्लाका २ सय २५ ग्रामिण वस्ती बजारमा परिणत हुँदैछन्। ती सवै वस्ती सडक सञ्जालले जोड्दा ७० लाखभन्दा बढि स्थानीय लाभान्वित हुनेछन्। यी बजारलाई सुविधा समपन्न शहर निर्माण गरेर १ लाखभन्दा बढीलाई ब्यवस्थित रुपमा राख्दा लोकमार्गको बास्तविक अनुभूति गर्न सकिने अवस्था आउने दिन टाढा छैनन्।
लोकमार्गका यी सवै सम्भावनालाई उजागर गरी समृद्धिको यात्रा अगाडि बढाउन नेकपा एमालेले मंसिर १४ गतेदेखि झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा सञ्चालन गर्न लागेको छ। नेकपा एमाले गण्डकीका सचिव धन्नञ्जय दवाडी भन्नुहुन्छ, ‘एमालेले दिर्घकालिन सोचका साथ अगाडि सारेको मध्यपहाडी लोकमार्गको महत्व दर्शाउन झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गर्न लागिएको हो ।’ संकल्प यात्रा स्थानीय जनतासंग संवाद गर्दै अगाडि बढ्ने छ।
प्रतिक्रिया