डडेलधुरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ‘प्रचण्ड’ पथको भरिया भएको बताउनु भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाकाे गृहजिल्ला डडेलधुरामा ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे। उहाँले कांग्रेसले आफ्नो सिद्धान्तलाई तिलान्जली दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताउनुभयो।
सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ। आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ। हो होइन अदालतले भन्ला।’
आयोजित सन्देशसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गर्नुभयाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ। तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं। यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’

प्रतिक्रिया