अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा


काठमाडौं-नेकपा एमालेले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको ५३औं केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिनुभयाे। 

नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट जग्गा दान लिएको विषयमा फरक मत राख्दा २०८१ पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको  जिम्मेवारी ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पाण्डे र तिमिल्सिनाले पार्टी अनुशासनविपरीत काम गरेको एमालेको निष्कर्ष थियो । एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिने निर्णयका पाण्डे र तिम्सिनासहितका नेताहरूले सार्वजनिक रूपमै आक्षेप लगाउनु भएको थियो ।