अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर संसार ग्रुपद्वारा आयुष्मा पुन मगरलाई आर्थिक सहयोग प्रदान

मगर संसार ग्रुपद्वारा आयुष्मा पुन मगरलाई आर्थिक सहयोग प्रदान


काठमाडौं-सामाजिक सञ्जाल फेसबुक ग्रुप ‘मगर संसार’ फोटो ग्यालरीले कलेजो क्यान्सर पीडित आयुष्मा पुन मगरलाई आर्थिक सहयोग गरेको छ।

बाग्लुङ जिल्ला ढोरपाटन-५ साहुथोकमा जन्मेका र हाल कर्मथलो स्याङजा जिल्ला कालीगण्डकी ४ बनायका २५ वर्षिया आयुष्मा पुन मगरलाई आज बुटवलमा एक कार्यक्रमको बीच मगर संसार फोटो ग्यालरीबाट संकलित सहयोग रकम मगर संसारका एडमिनहरुबाट रु.५ लाख ६२ हजार २८० रुपैया हतान्तरण गरेको हो।

सहयोग रकम आयुष्मा पुन मगर उपचारको लागि इन्डिया रहेकोले सो सहयोग रकम बिरामीको आफन्त टेकभक्त रोका मगरको हातमा हतान्तरण गरेको थियो।

आर्थिक अवस्था कमजोर रहेका कलेजो क्यान्सर पीडित पुन मगर नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई एक्काशी कलेजोमा क्यान्सर लागेपछि निकै समस्यामा पर्नुभएकी आयुष्मालाई मगर संसारले सहयोगको लागि अपिल सँगै अभियान गरेको थियो।

मगर संसारका अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगरले आयुष्मा पुन मगर अभियानमा कोरिया, हङकङ, जापान, नेपाल रोमाननिया, इराक, लण्डन पोर्चुगल, मलेशिया, दुबई, साउदी, कतार , कुबेत, इन्डिया, क्यानाडा लगायतका देशमा बसोबास गर्नुहुने २९९ जना सहयोगी दाताहरुबाट सो रकम संकलन भयको जानकारी दिनुभयो।

साथै आजसम्म मगर संसार को माध्यमबाट १८७ जना विभिन्न रोगी र दु:ख पीडामा परेका बिरामीलाई एक करोड ४० लाख भन्दा बढी सहयोग संकलन गरेर हतान्तरण गरिसकेको मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो।